विद्यालय जाँदै गर्दा ट्याक्टरको ठक्करले बालकको मृत्यु

विद्यालय जाँदै गर्दा ट्याक्टरको ठक्करले बालकको मृत्यु
+
-

पोखरा- विद्यालय जाँदै गर्दा ट्याक्टरको ठक्करले तनहुँमा एक बालकको मृत्यु भएको छ।

सोमबार बिहान व्यास नगरपालिका–१ गल्बुवेशीमा ट्याक्टरले ठक्कर दिएर आठ वर्षीय बालकको मृत्यु भएको हो।

दमौलीबाट सिमेन्ट रड लिएर गएको ट्याक्टरले विद्यालय जाँदै गरेका एक बालकलाई ठक्कर दिँदा उनी घाइते भएका थिए। घाइते उनको उपचारका लागि रत्नहरि मेमोरिय अस्पताल दमौली पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

उनी दिदीसँगै विद्यालय जाँदै थिए। ज्ञानगंगा बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले बताए। मृतकको परिवारले जाहेरीसमेत दर्ता गराइसकेको छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?