Vulture(भल्चर ), जटायू अथवा गिद्ध रुपमा त्यति सुन्दर नदेखिएतापनि वातावरणीय दृष्टिले अत्यन्त उपयोगि चरा हो, यसले वातावरण स्वच्छ राख्न र सरुवा रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दछ ।
नेपालमा नौ प्रकारका गिद्धहरु पाइन्छन्ः लेमरगियर, इजिप्सियन, ह्वाइटरम्प्ट, लंगबिल्ड, स्लेन्डरबिल्ड, हिमालयन ग्रिफिन, युरेजियन ग्रिफिन, सिनेरस र रेड हेडेड भल्चर । तिनमध्ये ४ प्रकारका गिद्धहरु आई यु सि एनको अत्यन्त लोपोन्मुख प्रजातिको सूचिमा पर्दछन् ।
यिनै लोपोन्मुख गिद्ध संरक्षणमा लागेका चरा विशेषज्ञ डीवी चौधरीसॅग नमूना मध्यवर्ती सामुदायिक वन नवलपुरस्थित “भल्चर रेस्टुरेन्ट”मा देशसंचारकालागि डा. मित्रबन्धु पौडेलले गरेको कुराकानी।