एनपिएलको दर्ता मसँग छ, क्यानले सहमति नगरे कानुनी लडाइँ लड्छु: आमिर अख्तर

एनपिएलको दर्ता मसँग छ, क्यानले सहमति नगरे कानुनी लडाइँ लड्छु: आमिर अख्तर
+
-

काठमाडौँ- एनपिएल नामको स्वामित्व आफूसँग रहेको भन्दै पूर्व क्रिकेटर तथा इपिएल फ्रेन्चाइज गराएका आमिर अख्तरले एनपिएललाई विधिपूर्वक क्यानले आफ्नो स्वामित्वमा ल्याउनु पर्ने बताएका छन्।

साथै उनले एनपिएल स्वामित्व रहेको र एकल शेयर धनीको हिसाबले आफू र क्यानबीच आपसी सहमति तथा सम्झौता गरेर एनपिएल सञ्चालन गर्न क्यानलाई ७ दिनको अल्टिमेटम दिएका छन्।

उनले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएकाे छ, ‘नेपालको पूर्व क्रिकेटर तथा एनपिएलइपिएलको संचालक समेत हुँ नेपाल क्रिकेट संघ क्यानकै सहमतिमा विगतमा नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करण सन् २०१४ मा धनगढीमा सफलतापूर्वक संचालन गरेको कुरो जानकारी गराउन चाहन्छु।’

उनले थपेका छन्, ‘एकल शेयर धनी भएको र नेपाल सरकार, उधोग मन्त्रालय, कम्पनी रजिष्टारको कार्यालय, कम्पनी ऐन, अनुसार दर्ता न. १२११९२/०७०/०७१ अनुसार नेपाल प्रिमियर लिगको सम्पूर्ण अधिकार मेरो हुनेछ भनी कम्पनी ऐन, २०६३ को दफा ५ को उपदफा (१) बमोजिम उक्त प्रमाण पत्र प्राप्त गरेको कुरा जानकारी गराउँछु।’

उनल‍े आफू पूर्व क्रिकेट खिलाडी तथा क्रिकेट लभर भएकाे कारणले नेपाल क्रिकेट संघ द्वारा घोषणा गरिएको नेपाल प्रिमियर लिग (एनपिएल) कानुनसम्मत वा सो अनुसार गराउन ध्यानाकर्षण गराएकाे बताए।

उनले आफ्नो नाममा एकल स्वामित्वलाई नजरअन्दाज गर्दै क्यानले एनपिएल गराउँछु भनी घोषणा गर्नु कानुन विपरित हो रहेकाे बताए। एकल शेयर धनी आफू र क्यानबिच आपसी सहमति तथा सम्झौता गरेर एनपिएल संचालन गर्नपर्ने उनकाे सुझाव छ।

उनले बैध तथा कानुनसम्मत अधिकारको एकल कम्पनी भएको भन्दै भने ‘एनपिएल कुनै व्यक्ति तथा संघ संस्थाले उक्त नाम प्रयोग तथा कार्यन्वयनमा ल्याउन पाउने छैन यदि त्यस्तो भएमा नेपालको प्रचलित कानुन बमोजिम न्यायिक निकाय समक्ष न्याय माग्न बाध्य हुनेछु।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?