संरक्षण र प्रचारप्रसारको पर्खाइमा रामग्राम स्तूप (तस्बिरसहित)

संरक्षण र प्रचारप्रसारको पर्खाइमा रामग्राम स्तूप (तस्बिरसहित)
+
-

परासी – नवलपरासीको रामग्राम नगरपालिका– ७ स्थित नदी किनारमा रहेको बुद्धकालीन रामग्राम स्तूपको ठूलो महत्व रहेको छ। भगवान बुद्धको अस्थिधातु राखेर निर्माण गरिएको आठ वटा स्तूपमध्ये अहिलेसम्म बाँकी रहेको यो एक मात्र स्तूप हो।

भगवान गौतम बुद्धको महापरिनिर्माणपश्चात तत्कालीन गणराज्यहरूले आफ्नो भागमा पाएका अस्थिधातुमध्ये कोलिया गणराज्यले आफ्नो भागमा पाएको अस्थिधातु राखी रामग्राम स्तूप निर्माण गरेको थियो।

सम्राट अशोकले इसापूर्व २४८ मा लुम्बिनीलगायतका बुद्धस्थलहरूको भ्रमण गरी राज्यहरूले बुद्धको अस्थिधातु राखी बनाइएका स्तूपहरू उत्खनन् गरी त्यसलाई विभक्त गरेर ८४ हजार स–साना स्तूपहरू बनाउने क्रममा रामग्राम आउँदा त्यहाँका नागराजाले रोकेर अस्थिधातु उत्खनन् गर्न नदिएको ऐतिहासिक कथन छ। जसले गर्दा बुद्धको अस्थिधातु प्रयोग गरी बनाइएका स्तूपहरूमध्ये रामग्राममा अवस्थित स्तूप मात्र पवित्र र उत्खनन् नभए‌को स्तूपको रूपमा लिइन्छ।

इतिहासविद् डा. डब्लु होईद्वारा सन् १८८८ मा रामग्राम स्तूप पत्ता लगाइएको हो। ऐतिहासिक महत्त्व रहेको यस स्तूपको जसरी संरक्षण गर्नुपर्ने हो, त्यस्तो देखिँदैन। साथै प्रचारप्रसार पनि कम हुँदा धेरैलाई यसको महत्त्वबारे पनि जानकारी कम रहेको छ।

यसअघि गौतम बुद्धको अस्थिधातु समाधिस्थल रहेको क्षेत्र उत्खनन् एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा व्यवस्थापनका लागि भन्दै बिनाप्रतिस्पर्धा निजी कम्पनीलाई ९९ वर्षका लागि दिने विषयमा विवाद तथा विरोध भएको थियो। त्यसपछि त्यो सम्झौता रद्द गरिएको थियो।

यस क्षेत्रको प्रचारप्रसार भएमा यस क्षेत्रमा लुम्बिनी पुग्ने पर्यटक आकर्षित हुने सम्भावना रहेको छ। अहिले पनि यहाँ विदेशी तथा आन्तरिक पर्यटक आउने गर्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?