सहकारी प्रकरणमा रविसहित १४ जनाविरुद्ध पक्राउ पूर्जी जारी

सहकारी प्रकरणमा रविसहित १४ जनाविरुद्ध पक्राउ पूर्जी जारी
+
-

पोखरा- सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध अनुसार लामीछानेसहित विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तवावु राई, रामबहादुर खनाल, देवेन्द्र वावु राई विरुद्ध पुर्जी जारी भएको छ। 

विज्ञान राई, ओमप्रकाश गुरुङ, विरबहादुर रानाभाट, दिपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो। बयानसँगै थप अनुसन्धान गर्नु पर्ने आधार, कारण मनासिव देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम उनीहरूलाई पक्राउ गर्न अनुमति अदालतले दिएको छ। 

सहकारीको रकम अपचलन प्रकरणमा जोडिएकाले पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए। जीवि राईका विभिन्न कम्पनीमार्फत सहकारीको रकम हिनामिना गरेको उनको भनाइ छ। 

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका गितेन्द्रबाबु राई (जीबि) सहकारी रकम अपचलन गरेर विभिन्न कम्पनीमा लगानी गरेका छन् ।
यस अगाडि असोज १४ गते जीबिसँग मिलेर तीन करोड रुपैयाँभन्दा बढी अपचलन गर्ने ३२ वर्षीय लिला पछाई पक्राउ परेकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?