
काठमाडौँ – सहकारी पीडितहरुले पोखरामा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले आइतबार पोखरामा प्रदर्शन गरेका हुन्।
सहकारी ठगी प्रकारणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका नेता–कार्यकर्ताहरुले पनि पोखरामा विरोध प्रदर्शन गरिरहेका छन्।
रवि पक्राउको विरोधमा रास्वपाले प्रदर्शन गरिरहँदा सहकारी पीडितहरु पनि आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले ‘सहकारी ठग रवि लामिछानेका मतियार पोखरा छोड!’ लगायतका नारा लगाएका छन्।
उनीहरुले प्रहरी प्रशासन सहकारी ठगको मतियार बनेको आरोप लगाएका छन्। उनीहरुले प्रहरीलाई निषेधित क्षेत्रबाट रास्वपाको भीड हटाउन चेतावनी दिएका छन्।
रविलाई प्रहरीले शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरेर पोखरा लगेको थियो। उनी गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलन गरेको आरोप छ।
सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले पनि उनलाई सहकारीको रकम अपचलनमा दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो।