
बर्षा शाह
कात्तिक ४, २०८१

अ
+
अ
अ
-
काठमाडौँ – साफ महिला च्याम्पियनसिपमा बंगलादेश र पाकिस्तानले १–१ को बराबरी खेलेका छन्।
आइतबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ गोल गरे।
बंगलादेशको जारी प्रतियोगितामा यो पहिलो खेल हो। पाकिस्तान भने उद्घाटन खेलमा भारतसँग ५-२ ले पराजित भएको थियो।

