सुदूरपश्चिमको स्वास्थ्य सेवा निकै कमजोर, सुधार आवश्यक

सुदूरपश्चिमको स्वास्थ्य सेवा निकै कमजोर, सुधार आवश्यक
+
-

धनगढी- सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्यको अवस्था सुधारका लागि अझै निकै प्रयास गर्नुपर्ने सरोकारवालाहरूले औंल्याएका छन् ।

अहिले पनि स्वास्थ्यका कतिपय सूचकहरु कमजोर रहेकोले सबै पक्षबीच समन्वय र सहकार्य अझ बलियो बनाउनु पर्ने सरोकारवालाहरूको धारणा छ ।

सुदूरपश्चिम प्रदेशको गत आर्थिक वर्षको स्वास्थ्य कार्यक्रमहरुको एकीकृत समिक्षा सकिएको छ । तीन दिनसम्म सञ्चालन भएको समिक्षा गोष्ठीमा स्वास्थ्य क्षेत्रमा विद्यमान समस्या र चुनौतिका साथै आगामी दिनमा गर्नुपर्ने प्रयासहरूबारे छलफल भएको छ ।

समिक्षा गोष्ठीमा प्रस्तुत जिल्लागत स्वास्थ्य स्थितिको अवस्थामाथिको छलफलका क्रममा सहभागी स्वास्थ्य अधिकारी तथा विज्ञहरूले प्रदेशमा स्वास्थ्य सेवा सुधारका लागि थप परिश्रम आवश्यक रहेको औंल्याए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका पूर्व निर्देशक डाक्टर गुणराज अवस्थीले देशको स्वास्थ्य अवस्था सुधारोन्मुख रहे पनि सुदूरपश्चिम प्रदेशमा अझै कमजोर रहेको बताए । उनका अनुसार मातृ सुरक्षा र नवजात शिशु स्याहार कार्यक्रमलाई प्रभावकारी बनाउनु आवश्यक रहेको छ ।

प्रदेशका नवजात शिशु मृत्यूदर अझै पनि उच्च रहेको उनको भनाइ छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव चक्रपाणि पाण्डेय स्वास्थ्य सेवा क्षेत्रका तथ्यांकहरुका आधारमा प्रदेशमा स्वास्थ्य अवस्था कमजोर रहेको देखिएको बताउँछन् ।

स्वास्थ्य क्षेत्रमा पूर्वाधार विस्तारको तुलनामा स्वास्थ्य सूचकहरु कमजोर रहेको उनको भनाइ छ ।

सचिव पाण्डेयले स्वास्थ्य क्षेत्र सुधारका लागि जनशक्ति व्यवस्थापन हुनु अपरिहार्य रहेको बताए । सुदूरपश्चिम प्रदेशमा अझै पनि दरवन्दी भन्दा ४५ प्रतिशत कर्मचारी अभाव रहेको उनको भनाइ छ ।

सचिव पाण्डेय कतिपय स्वास्थ्यकर्मीहरुको दलगत राजनीति मोहका कारण पनि समस्या भइरहेको बताउँछन् । प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले पनि सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रको अवस्था कमजोर रहेको स्वीकारे ।

उनले आफूहरू सरकारमा आउँदा बजेट शून्यताको अवस्था रहेको र हतारमा बजेट ल्याउनु परेका कारण चाहेजस्तो गर्न नसकिएको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?