
काठमाडौँ- साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ। साविक उपविजेता भारतलाई पछि पार्दै समूह विजेतका रुपमा सेमिफाइनल प्रवेश गरेको छ।
समूह ‘ए’ अन्तर्गत बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेश भारतलाई ३-१ ले हराउँदै प्रतियोगितामा समूह विजेता बन्यो। यो जितसँगै बंगलादेश २ खेलमा ४ अंकका साथ समूह विजेता पनि बन्यो ।
भारत २ खेलमा ३ अंकका साथ उपविजेता बन्दा २ खेलमा १ अंक जोडेको पाकिस्तान भने समूह चरणमा रहेर प्रतियोगिताबाट बाहिरियो। दुबै टिमले पहिलो हाफमा गोल गरेपनि दोस्रो हाफमा गोल गर्न असफल भए।
हेर्नुहोस् तस्बिरहरूः