
काठमाडौँ- संयुक्त राष्ट्रसंघको स्थापना दिवसको अवसरमा नेपाली सेनाले सैनिक मुख्यालय जंगी अड्डामा विभिन्न कार्यक्रम गरी मनाएको छ।
विश्वभर शान्ति, एकता, मैत्री र मेलमिलाप प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसंघको ७९औँ वार्षिकोत्सव बिहीबार नेपाली सेनाले पनि विभिन्न कार्यक्रम गरि मनाएको हो ।
उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीद्वारा शान्ति मार्च-पास र विभिन्न समुदायको नृत्य प्रदर्शन गरिएको थियो भने तेक्वान्दोसहितका विभिन्न खेल र संयुक्त ब्यान्डको प्रस्तुतिसमेत रहेको थियो।
संयुक्त राष्ट्रसंघको स्थापना २४ अक्टोबर १९४५ मा भएको हो। नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो। राष्ट्रसंघको सदस्य भएको नेपालले तीन वर्षपछि शान्ति सैनिक परिचालन सुरु गरेको थियो।
नेपालले शान्ति सेनामा नेपाली सेना ५९१८, नेपाल प्रहरी २८ र सशस्त्र प्रहरी बलबाट १९५ सुरक्षाकर्मी परिचालन छन्। राष्ट्रसंघीय शान्ति सेनामा सैनिक परिचालन गर्ने मुलुकको सूचीमा नेपाल प्रथम स्थानमा छ भने महिला सैनिक परिचालन गर्नमा पनि नेपाली सेना प्रथमा छ।
थप तस्बिरहरू: