साफ महिला च्याम्पियनसिपः साविक विजेता बंगलादेश फाइनलमा (तस्बिरसहित)

साफ महिला च्याम्पियनसिपः साविक विजेता बंगलादेश फाइनलमा (तस्बिरसहित)
+
-

काठमाडौँ – साफ महिला च्याम्पियनसिप फुटबलमा साविक च्याम्पियन बंगलादेशले फाइनलमा स्थान बनाएको छ। बंगलादेशले भुटानलाई ७–१ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन्। सविना खातुनले २ तथा ऋतु पोर्ना चक्मा र शिउली अजिमले समान १–१ गोल गरे।

बंगलादेशले खेलको सातौं मिनेटमै ऋतुको गोलमार्फत अग्रता बनाएको थियो। त्यसपछि पनि लगातार गोल गर्दै भुटानमाथि बंगलादेशलाई दबाबमा राख्दै गोल गर्‍यो।

४१ औँ मिनेटमा भुटानका लागि डेकी ल्हाजोमले एक गोल फर्काएकी थिइन्। दोस्रो हाफको ५८ औं मिनेटमा तोहुराले ह्याट्रिक पूरा गरिन्। भुटानले केही सकारात्मक मुभ बनाए पनि काउन्टरमा बंगलादेशले गोल गर्दै ६–१ को अग्रता लियो।

७२ औँ मिनेटमा बंगलादेशले सातौं गोल थपेको थियो। प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल साँझ ६स्३० बजे नेपाल र भारतबीच हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?