एमालेले गुरुङसँग लिएको ‘दान’ सत्तासँगको लेनदेन: सर्वोच्च

एमालेले गुरुङसँग लिएको ‘दान’ सत्तासँगको लेनदेन: सर्वोच्च
+
-

काठमाडौँ – सर्वोच्च अदालतले एमालेले व्यापारी मिनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन लिएको ‘दान’ सत्तासँगको लेनदेनमा आधारित रहेको विश्लेषण गरेको छ।

असोज २५ गते गुरुङले एमालेका लागि १० रोपनी १४ आना जग्गासहित ‘दानमा’ सुविधा सम्पन्न भवन बनाइदिने शिलन्यास भएको छ। उक्त ‘दान/सहयोग’ भ्रष्टाचार भएको दाबी गर्दै अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतलगायतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सोमबार न्यायाधीश सर्वोच्चले कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

अन्तरिम आदेशबारे छलफल गर्न कात्तिक २६ गते दुवै पक्षलाई उपस्थित हुन जारी आदेशमा भनिएको छ।

आदेशमा भनिएको छ, ‘अन्तरिम आदेशको छलफलबाट टुङ्गो नलागुन्जेलसम्म निवेदन दावीबमोजिम विपक्षीहरुबीच निवेदनमा उल्लेखित मिति २०८१।६।२५ मा दान लिएको भनिएको १० रोपनी १४ आना जग्गा लिई हक हस्तान्तरणलगायतको काम कारबाही नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) खः बमोजिम विपक्षीहरुको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरिएको छ।’

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलास सत्तारुढ दलले व्यापारीसँग ठूलो परिणाममा सहयोग लिनु राजनीतिक दलसम्बन्धी ऐन विपरीत रहेको ठहर गरेको छ।

एमालेले लिएको ‘सहयोग’ जग्गा र भवनसहित झण्डै एक अर्ब हाराहारी रहेको दाबी गरिएको छ। एकल इजलासले व्यक्तिगत फाइदा वा लाभका लागि कुनै पनि दलले सहयोग लिन र व्यक्तिले पनि दिन नहुने तर्फ आकर्षित हुने उल्लेख गरेको छ।

पार्टी कार्यालयको शिलन्यास गर्दै अध्यक्ष ओली र गुरुङ दम्पती। तस्विर सौजन्यः महासचिव शंकर पोखरेल

न्यायाधीश पोखरेलको इजलासले एमालेले गुरुङबाट लिएको सहयोग राजनीतिक दलसम्बन्धी ऐनको दफा ३८ विपरीत रहेको उल्लेख गरेको छ।

आदेशमा भनिएको छ, ‘…मैत्रिनगरमा १० रोपनी १४ आना जग्गा दान प्राप्त गरेको भन्ने कार्य प्रथम दृष्टिमा (Prima facie) मा नै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३८(३) र ३८ (६) को व्यवस्था अनुकुल नदेखिनुका साथै सोही ऐनको दफा ३८(५) मा भएको आर्थिक सहयोग प्रदान गर्दा दलबाट कुनै आर्थिक वा व्यक्तिगत फाइदा लिने शर्त गरी प्रदान गर्न र त्यस्तो फाइदा दिने गरी दलले सहयोग प्राप्त गर्न हुँदैन…।’

इजलासले सत्तारुढ दलले लिएको सहयोग लेनदेनमा आधारित रहेको हुन सक्ने विश्लेषण गरेको छ। ‘Quid Pro quo’ भन्ने शब्दको प्रयोग गर्दै सर्वोच्चले एमालेलाई गुरुङले दिएको सहयोग एकअर्कासँग लेनदेनमा आधारित भएको उल्लेख गरेको छ।

आदेशको एक अंशमा भनिएको छ, ‘सत्तामा रहेको दललाई फाइदा हुने, पारदर्शिता नहुने, निर्वाचनलगायत प्रकृयाहरु प्रभावित भई ”Quid Pro quo” को अवस्था सिर्जना हुन सक्ने अवस्थासमेतको आलोकमा…।’

आदेशमा लेखिएको ”Quid Pro quo” भन्ने शब्द ल्याटिन भाषाको हो। जसले एक अर्काबीच लेनदेन गर्नु भन्ने अर्थ दिन्छ। एक पक्षले केही वस्तु दिँदा अर्को पक्षले पनि बदलामा कुनै चिज दिने भन्ने अर्थ हुन्छ।

आदेशले प्रधानमन्त्री ओली र व्यापारी गुरुङबीच लेनदेनकै रुपमा जग्गासहितको पार्टी कार्यालय बनाउन शिलन्यास भएको हुन सक्ने अनुमान सर्वोच्चले प्रारम्भिक सुनुवाइमै गरेको छ।

दानमा पार्टी कार्यालय नबनाउन एमालेलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’