
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियन बंगलादेशका खेलाडीलाई च्याम्पियन ट्रफी प्रदान गरेका छन्।
नेपाल र बंगलादेशबीच बुधबार भएको फाइनल खेलको विजेता टोली बंगलादेशको टोलीलाई ट्रफी प्रदान गरेका हुन्।
साथै उपविजेता टोली नेपाललाई उपविजेताको ट्रफी उनले प्रदान गरे।
साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले लगातार दोस्रो पटक जितेपछि नेपाल घरेलु मैदानमा पुनः स्तब्ध बनेको हो।
उपाधि रक्षा गर्ने क्रममा बंगलादेश १५ हजार घरेलु दर्शकलाई २-१ ले स्तब्ध पार्दै पुनः च्याम्पियन बनेको हो।