९ बर्षभन्दा बढी समय नेपाली सेनामा रहेका पुन्टे-पुन्टी (भिडियोसहित)

+
-

काठमाडौँ- नेपाली सेनाले आयोजना गर्ने विभिन्न कार्यक्रममा जब ‘डगकला’ प्रदर्शनी हुने गर्दछ, त्योबेला सहभागीहरूको आकर्षणको केन्द्र बन्न पुग्छन्, पुन्टे र पुन्टी। यसरी आर्कषणको केन्द्र बन्नुमा उनीहरूको ‘लुक्स’ पनि हो।

इङ्गल्याण्ड ग्रे/कफी रङ, लामो लत्रेको कान हेर्दा चिटिक्क सानो झुप्प परेको देखेर सबै लोभिने गर्छन्। ‘कोकर स्पानियल’ जातका पुन्टे र पुन्टी दाजु/बहिनी हुन्।

नेपाली सेनाको श्री भैरव वाहन गुल्म, जहाँ पुन्टे र पुन्टीसँगै विभिन्न कार्यमा खटिने गर्छन्। त्यहाँ ८१ वटा कुकुर रहेका छन्। तर, पुन्टे र पुन्टीको आकर्षण पृथक छ। गुल्ममा उनीहरूले आफ्नो जिवनको ९ बर्ष भन्दा लामो समय बिताएका छन्।

पुन्टी

यस जातका कुकुर चञ्चले प्रकृतिको, फुर्तिलो र निष्ठावान हुन्छन्। यस जातको कुकुर सेतो, खैरो र कफी रंगमा पाइन्छ। यो जातको कुकुर कम रिसाहा हुन्छन्।

नेपाली सेनाको कार्यक्रममा आर्कषणको केन्द्र बन्ने गरेका पुन्टे र आफ्ना ह्याण्डलर क्रमशः अमल्दार शिवकुमार खड्का र प्यूठ राजिव पौडेलको साथमा थिए। आफ्ना ह्याण्डलरको साथमा रहेका उनीहरू रमाइ रहेका थिए।  बलसँग खेलिरहेका थिए। पुन्टीले नेपाली सेनामा ए३०६ नम्बर पाएकी छन्।

२०७१ साल फाल्गुन ५ गते पुन्टे र पुन्टी एउटै प्यारेन्ट डग जोडीबाट जन्मेका हुन्। जन्म भएको ६ महिनापश्चात पुन्टीलाई ४ महिना अवधिको ‘बेसिक ओबिडियन्सी’ तालिम गराइएको थियो। उक्त तालिमको दौरानमा बानी व्यहोरा र स्वभाव अनुसार ह्याण्डलरको सिफारिस बमोजिम ३ महिना अवधिको ‘केनाइन सर्च{ एण्ड रेस्क्यु’ तालिम गराइएको थियो।

पुन्टे

तालिम समाप्त भएपश्चात पुन्टीलाई सोही ट्रेड अन्तर्गतका कार्यहरू गराउँदै आइएको छ। सानैदेखि निकै फुर्तिलो र चुस्त पुन्टीले सर्च एण्ड रेस्क्यु तालिमको दौरान राम्रो प्रदर्शनी गरेको हुनाले डगकला प्रदर्शनीहरूमा समावेश गर्न थालिएको हो।

पुन्टि जम्मा ११ वटा बच्चाकी आमा बनिसकेकी छन्। पुन्टीबाट जन्मिएकाहरू पनि चुस्त र आज्ञाकारी छन्।

पुन्टेलाई सेनामा ए५०५ नम्बर दिइएको छ। पुन्टे पनि पुन्टीजस्तै मिलनसार, बफादार, फुर्तिलो र आज्ञाकारी सैनिक कुकर हो। पुन्टेलाई पनि जन्म भएको ६ महिनापश्चात  ४ महिना अवधिको बेसिक ओबिडियन्स तालिम गराइएको थियो।

उक्त तालिमको दौरान आनीबानी र स्वभाव अनुसार ह्याण्डलरको सिफारिस बमोजिम ३ महिना अवधिको सर्च एण्ड रेस्क्यु तालिम गराइएको थियो। तालिम समाप्त भएपश्चात पुन्टेलाई सोही ट्रेड अन्तर्गतका कार्यहरू गराउँदै आइएको छ।

सानैदेखि निकै फुर्तिलो र चुस्त पुन्टेले सर्च एण्ड रेस्क्यु तालिको दौरान राम्रो प्रदर्शनी गरेको हुनाले उसलाई डगकला प्रदर्शनीहरूमा समावेश गर्न थालिएको हो।

 

श्री भैरव वाहन गुल्ममार रहेका प्रत्येक कुकुरलाई सन्तुलित आहार दिने गरिन्छ। पशु चिकित्सकको सल्लाह बमोजिम ३ किसिमको खाना खुवाइन्छ। ब्रेकफाष्ट, बिहानको खाना र बेलुकाको खाना खुवाइन्छ। बिहान केनलबाट निकालेर दिसापिसाब गराइसकेर उनीहरू बिहानको पीटी गर्छन्।

ब्रेकफास्टको केही समयपछि आ-आफ्ना केनाइन स्पेशल ट्रेड सम्बन्धी अभ्यास गराइन्छ। अभ्यासपश्चात केनलमा ल्याइ ह्याण्डलरहरूले किर्ना हेर्ने, औंला-ब्रसद्वारा मालिस, नाक, कान, आँखा, एनस ग्ल्याण्डको सफाई, डगको शरिरमा रौं सेट गर्ने लगायत विभिन्न किसिमबाट ‘ग्रुमिङ’ गर्दछन्।

उनीहरूको भान्छामा खानाको ‘लेआवट’ गरिएको हुन्छ। ह्याण्डलरहरूले डगलाई खाना खुवाएर स्टुल गराएर दिनको समयमा रेष्ट गर्न केनलमा राख्छन्। दिउँसो डगहरूले आराम गर्ने समय पाउँछन्।

आरामपश्चात दिउँसोको परेड सञ्चालन भइ बिहानकै सरह क्रमिक रुपमा ट्रेनिङ्ग, युमिङ्ग, फिडिङ्ग र केनल भित्र केनलिङ्ग गरिन्छ।

सर्च एण्ड रेस्क्युमा अभ्यस्त पुन्टे र पुन्टी हरबखत विपद् व्यवस्थापनको लागि ‘स्ट्याण्डबाइ’ रहने गर्दछन्। विभिन्न समयमा विपद् व्यवस्थापन शिक्षालयमा सञ्चालन हुने तालिमका प्रशिक्षार्थीहरूलाई विपद्‌को समयमा डगले गर्ने कामहरूको ‘डेमोन्सट्रेसन’ देखाउन तैनाथ भएका यी डगहरूले भूकम्प दिवस र सेनाद्वारा विपद् प्रतिकार्यका लागि सञ्चालित अभ्यासमासमेत सहभागी हुने गरेका छन्।

साथै, अब्स्ट्याकलमा राम्रो प्रदर्शन गर्ने हुनाले यी कुकुरहरू सेनाद्वारा आयोजित विभिन्न समारोह जस्तै- फुलपाती बडाइँ, सेना दिवस आदिमा डगकला प्रदर्शनका लागि तैनाथ हुँदै आएका छन्।

पुन्टीका ह्याण्डलर राजिव भन्छन्, ‘मलाई कसैले हान्यो जस्तो गर्यो भने पुन्टी रुन्छे। जब खुशी हुन्छे पुच्छर हलाउँदै मसँग लुटुपुटु गर्छे।‘ पुन्टेका ह्याण्डलर शिवकुमार खड्काको भनाइ पनि पौडलको जस्तै छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?