
काठमाडौँ- दिदीबहिनी नहुनेहरूले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर भाइटीका लगाएका छन्।
दिदीबहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। अन्य दिनहरूमा भने उक्त मन्दिर बन्द रहने गर्दछ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा गएर दर्शन तथा पूजा गरी टीका लगाउने गर्दछन्।
तस्बिरहरूः