
काठमाडौँ – बिहीबार देशका विभिन्न स्थानमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिएको छ।
यसैबीच काठमाडौँ उपत्यकामा पनि धुमधामका साथ छठ पूजा गरिएको छ। काठमाडौँका गौरीघाट, कमलपोखरी, थापाथलीलगायतका स्थानमा पुगेर श्रद्धालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।
छठ पूजाका लागि बिहीबार साँझ राष्ट्रपति रामचन्द्र पौडेल पनि गौरीघाट र कमलपोखरी पुगेका थिए।
आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका व्रतालुहरु शुक्रबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्नेछन्। बिहान उदाउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ।