
काठमाडौँ – मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरेर काठमाडौँ ल्याइएको छ।
उनलाई प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो।
सरकारबाट अनुमति नलिएरै जापान पुगेका अधिकारी विमानस्थलबाट फर्काइएका थिए। उनीसँगै अन्य तीन जना पनि जापान गएका थिए। उनीहरुमाथि प्रहरीले कागजात कीर्ते गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ।
यसअघि नेकपा एमालेले अधिकारीलाई पार्टीको कुनै पनि पदमा नरहने गरी निलम्बन गरेको थियो।