
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन्।
अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा सहभागी हुन राष्ट्रपति पौडेल आइतबार साँझ काठमाडौँबाट प्रस्थान गरेका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायतले बिदाइ गरे।
त्यस क्रममा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेलको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो। राष्ट्रपति पौडेलले यही कार्तिक २७ गते सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।