१२ वर्षपछि फुटबलमा नेपालले अफगानिस्तानलाई हरायो

१२ वर्षपछि फुटबलमा नेपालले अफगानिस्तानलाई हरायो
+
-

काठमाडौं- नेपालले १२ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको छ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत ताजिकिस्तानको डुसान्बे रङ्गशालामा शनिबार भएको खेलमा नेपालले अफगानिस्तानलाई २-० ले पराजित गर्यो।

डिफेन्डर रोहित चन्दको करियरकै पहिलो गोल गरेको खेलमा नेपालले तुलनात्मक रुपमा बलियो ठानिएको अफगानिस्तानमाथि जित हासिल गर्यो। यसअघि अफगानिस्तानविरुद्ध एएफसी च्यालेन्ज कपको छनोटका दौरान २०१२ मा भएको खेलमा भरत खवासले गोल गर्दै नेपाललाई जित दिलाएका थिए। त्यसयता यो दोस्रो जित हो।

त्यसपछि नेपालले अफगानिस्तानविरुद्ध दुई खेल खेलेको थियो दुबै खेल नेपालमा पराजित भएको थियो। साफ च्याम्पियनसिप अन्तर्गत २०११ मा र २०१३ मा नेपालले प्रतिस्पर्धा गरेको थियो। रोहितले यसअघि काठमाडौंमा भएको साफमा पेनाल्टीको अवसर गुमाए पनि यो पटक उनले कुनै गल्ती गरेनन्।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरूआतमै जेलस्पीजंग कार्कीको गोलमा नेपालले अग्रता लियो। ७८औं मिनेटमा रोहितले करियरकै पहिलो गोल गरे। सन् २००९ मा प्यालिस्टाइनविरुद्ध १७ वर्षकै उमेरमा उनले राष्ट्रिय टोलीमा डेब्यु गरेपछिको यो पहिलो गोल हो। उनी नेपालको भरपर्दो डिफेन्डरका रुमपा रहेका छन्।

यसअघि नेपालले बुधबार भएको खेलमा फिफा वरीयतामा ५१ स्थानमाथिको घरेलु टिम ताजिकिस्तानविरुद्ध ४-० को हार बेहोरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?