
यतिबेला पदयात्राका लागि पर्यटकको प्रमुख रोजाइ हो, एबीसी अर्थात् अन्नपूर्ण बेस क्याम्प। जहाँ पदयात्रा गर्न आन्तरिक मात्र नभएर बाह्य पर्यटकको पनि उस्तै रहर देख्न सकिन्छ।
थोरै दिनमा सकिने र आर्थिक रूपमा पनि धेरैँ महंगो नभएका कारण पनि नेपालीको प्रमुख रोजाईमा परेको हो, एबीसी पदयात्रा। घान्द्रुक हुँदै पदयात्रा गर्न सकिएपनि पछिलो समय झिनु मार्गबाट पदयात्रीहरूले यात्राको थालनी गर्न बढी रुचाउँछन्। झिनुसम्म गाडीमा गएर छोम्रुङ, सिन्हा, बम्बो, दोभान, हिमालय, देउराली हुँदै माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प पुगिन्छ। कतिपय पदयात्रीको रोजाई माछापुछ्रे बेस क्याम्प रहने गरी पनि धेरैँको रोजाईमा भने अन्नपूर्ण बेस क्याम्प नै रहेको पाइन्छ।
५ वर्षदेखि अन्नपूर्ण पदमार्गको हिमालयमा होटल रोयल फेमिली हिमालय लज एण्ड रेष्टुरन्ट व्यवसाय गर्दै आएका टीकाबहादुर गुरुङका अनुसार यसरी पर्यटकको भीड हुन थालेको २ वर्ष भयो। ३ वर्षदेखि पर्यटक आकर्षण देखियो भने २ वर्षदेखि नेपालीहरु पनि यता आउनेको भीड लाग्ने गरेको उनी सुनाउँछन्। ‘अहिले त अली कम भएको त्यही पनि अहिले पनि पदयात्रामा आइरखूँ भएको छ। ५ दिन अगाडिसम्म यहाँ ठाउँ नै पुर्याउन गाह्रो भयो। कतिलाई त हामीले डाइनिङ रुममै सुतायौँ,’ उनी भन्छन्,’अब बास बस्न आएकालाई कसरी नाई भन्नु!’
सीमित होटल र पदयात्रामा आउनेको भीड धेरैँ भएकाले गर्दा पनि त्यसको हुने गरेको उनले बताए। विशेष रूपमा सिजनमा जानेहरूले बुकिङ गरेर नगएमा जे जस्तो अवस्थामा म्यानेज गर्नुपर्ने देखिन्छ। अन्नपूर्ण पदमार्गका क्रममा दोभानपछि यहाँ मासु पाइँदैन। यहाँ रहेको भगवानको मन्दिरमा भेडा मात्र चल्ने भएकोले अन्य मासु नचल्ने उनले बताए। ‘यहाँको भगवान निक्कै शक्तिशाली हुनुहुन्छ,’उनले भने।
अन्नपूर्ण बेस क्याम्पमा पुगेर बिहानै हिमाल हेर्नेदेखि फोटो खिच्ने र पदमार्गमा भेटिने भीडले पनि पछिल्लो समय यस पदमार्ग अन्तर्राष्ट्रिय र आन्तरिक पर्यटकको रोजाइमा देखिएको छ।
अन्नपूर्ण बेस क्याम्पबाट हिमचुली, माछापुछ्रे, अन्नपूर्ण साउथलगायतका हिमालहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
थप तस्बिरहरू: