
काठमाडौँ- सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा पक्राउ परेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई मेडिकल चेकअपका लागि अस्पताल लगिएको छ।
आज मंगलबार पक्राउ परेका उनलाई मेडिकल चेकअपका लागि वीर अस्पताल लगिएको हो।
साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ परेका उनलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ।
थप तस्बिरहरू: