नाडालका आँसुसँगै सकिएको टेनिसको एक युग

नाडालका आँसुसँगै सकिएको टेनिसको एक युग
+
-

घरेलु कोर्ट अनि अन्तिम खेल हजारौं दर्शकमाझ राफेल नडालले आफ्ना भावनाहरू खेलको अन्तमा मात्र देखाउने बाचा गरे। तर, हजारौं समर्थक माझ मार्टिन कार्पेना एरिनाको कोर्टमा आफ्ना स्पेनिश टोलीका साथीहरूसँग उभिँदा जब ‘मार्चा रियल’का धुनहरू गुञ्जिन थाले। त्यसबखत उनका आँखा भीडले भरिएका स्ट्यान्डको माथिल्लो तहमा एकटकले टोलाइरहेका थिए भने थाहैनपाई गह आँसुले भरिएको थियो। करिअरको अन्तिम खेल खेल्दै टेनिस खेलाडीको रुपमा
उनले आफूलाई बिदाइ गरे। उनीसँगै हजारौं समर्थकहरू पनि एक युगको अन्त आफ्नै आँखाबाट अस्ताइरहेको दृश्य हेरिरहेका थिए।

नडालको बिदाइसँग जोडिएको डेविस कप
डेविस कपको दौरान राफेल नडाल खेलमा केन्द्रित गराउन आफ्नो सन्न्यासको विषयलाईभन्दा बढी खेललाई फोकस गराउन चाहन्थे। ‘म यहाँ सन्यास लिन आएको होइन, म यहाँ टोलीलाई जिताउन मद्दत गर्न आएको हुँ’ उनले भनेका थिए। तर, बाहिरको माहोल फरक थियो। छेउकै एथलेटिक्स स्टेडियममा ठूलो ब्यानर झुण्ड्याइएको थियो, जसमा लेखिएको थियो,’ग्रासियस राफा’ (धन्यवाद, राफा)।

नेदरल्याण्ड्सविरुद्धको क्वार्टरफाइनलका लागि टिकटको मूल्य आकाशिएको थियो। करिब दुई दशकअघि नाडालको उदयदेखि उनलाई हेरिरहेका उनका समर्थकहरूले अन्तिमपटक स्पेनको सम्भवतःसबैभन्दा महान् खेलाडीलाई हेर्ने चाहना राखेर कोर्टसम्म आएका थिए।

यहाँसम्म कि उनको ‘पुरानो साथी’ रोजर फेडेररले पनि नडालको बिदाइका लागि लामा शब्दहरू खर्चिए। यसअघि अर्थात् नाडालले अक्टोबर १० मानै आफ्नो सन्न्यास बारे घोषणा गरेका थिए। यो खेल उनको टेनिस करिअरको अन्तिम अध्याय हुनेछ, त्यसपछि यो यात्रा सधैं उनको बारेमै हुने थियो, चाहे उनले त्यो मन पराएर होस् या नपराएर।

नाडाल बोटिक भान डे जान्ड्सखल्पसँगको खेलमा ६-४, ६-४ ले पराजित भए। खेलमा २२ ग्रान्ड स्लाम जित्ने, रोलान्ड गारोसको राज गर्ने, र इतिहासका सबैभन्दा महान् खेलाडीमध्ये एकका रूपमा स्थापित हुने पुरानो नाडालको झल्को देखियो। हरेक महत्त्वपूर्ण बिन्दुमा उनका मुक्का हान्ने इशारा र ‘भामोस!’ को नाराले कोर्ट गुञ्जयमान बन्यो। तर, ३८ वर्षीय नडालको वास्तविकता स्पष्ट थियो। उनले स्वयम् भनेझैं, उनको शरीरले अब उनका प्रतिस्पर्धी चाहनाहरूलाई साथ दिन सक्दैनथ्यो। उनी साहसी ढंगले खेले पनि मंगलबार उनको खुट्टा र मस्तिष्कको तालमेल मिलेन। दिनको अन्त्यमा, स्पेन डबल्सको पराजयसँगै डेविस कपबाट बाहिरियो, र नाडालको गौरवशाली करियरले आफ्नो अन्तिम अध्याय पूरा भयो।

भावनात्मक क्षण र आँसुले भरिएका आँखा
‘म राम्रो मान्छेका रूपमा सम्झन चाहन्छु र यस्तो केटाको रूपमा, जसले आफ्नो सपना पछ्यायो र आफूले सोचेभन्दा धेरै ठूलो सफलता हासिल गर्यो ।’ नडालले भने,’यो बृहत उपस्थिति र निरन्तर वर्षौंको साथ दिने तपाँईं सबै मेरो खुसीको हकदार हुनुहुन्छ।’ यसो भन्दै गर्दा हजारौं समर्थकका आँखासमेत ओभानो रहेन्न। आफ्नो प्रिय खेलाडीको बिदाइमा धेरैले अश्रूपूर्ण आँखाले उनलाई नियाले अनि आफ्नो प्रिय खेलाडीका लागि हात उठाए। जुरुक्क उठेको थियो मार्टिन कार्पेना एरिनाको कोर्ट।

राफेल नाडालको करियर: एक सानो शहरबाट विश्व खेलकुदको शिखरसम्म

नाडालको करियरको सुरुआत स्पेनको मनाकोरमा भयो, जुन मालागास्थित डेविस कप स्थलबाट ५०० माइलभन्दा टाढा छ। त्यहीँ, उनका काका टोनी नाडालको कडा प्रशिक्षण र मार्गदर्शनमा उनको प्रतिभा तीव्र रूपमा विकसित भयो। उनी आफ्ना प्रतिस्पर्धीहरूका लागि एक पहेली थिए-दायाँ हातले लेख्ने खेलाडी तर बाँया हातले टेनिस खेल्ने। बलमा अद्वितीय टपस्पिन दिने उनको क्षमताले पनि उनको प्रतिष्ठालाई थप उचाइमा पुर्‍यायो।

नाडालको तिख्खर प्रतिभाका कारण उनी २००१ मा मात्र १४ वर्षको उमेरमा व्यवसायिक खेलाडी बने। २००२ मा १५ वर्षको उमेरमा उनले आफ्नो पहिलो एटिपी खेल जिते। अप्रिल २००३ मा, १६ वर्षकै उमेरमा, उनी माइकल चाङले १९८८ मा राखेको कीर्तिमान बराबर गर्दै पुरुष टेनिसको शीर्ष १०० मा स्थान बनाउन सफल भए।

नाडालका आफ्नो प्रेरणाका स्रोत १९९८ का फ्रेन्च ओपन च्याम्पियन कार्लोस मोयालाई मान्थे, जो उनको नजिकका विश्वासपात्र बनेका छन्। २००३ मा हम्बर्ग मास्टर्सको एउटा प्रतियोगितामा १६ वर्षीय नडालले विश्व नम्बर ४ मोयालाई हराए। मोयाले पछि त्यो क्षण सम्झिँदै भने,’उनी निकै लजालु र नर्भस थिए, र उनले भने,’माफ गर्नुहोस्, मैले जितें।’ मैले भने,’कुनै चिन्ता छैन।’

त्यो खेलपछि मोयाले महसुस गरे कि नाडालले धेरै पटक जित निकाल्ने छन्, र उनी ठूलो खेलाडी बन्नेछन्। मोयाले सोचेजस्तै भयो नाडालको जिन्दगी पछि फर्किएर फेरि हेर्नु परेन। नडालको यो यात्रा, एउटा सानो शहरबाट सुरु भई विश्वव्यापी खेलकुदमा स्थापित हुने ठूलो नाम र विश्वभरका खेलाडीका लागि प्रेरणादायी बन्यो।

रोलान्ड गारोस: नडालको दोस्रो घर
रोलान्ड गारोस सधैं राफेल नडालको दोस्रो घरका रूपमा सम्झिने छ। मालोर्काबाहेक, पेरिसमा नै उनलाई सबैभन्दा धेरै माया गरिन्छ। क्ले कोर्टका बादसाहका रुपमा स्थापित गर्न पेरिसले नै उनलाई चिनायो। उनको पहिलो रोलान्ड गारोस (फ्रेन्च ओपन) यात्रा मे २००५ मा सुरु भयो। सर्वाधिक धेरै उपाधि उनले यहीँ ‘क्ले कोर्ट’मा जिते अनि बिदाइको समय सम्ममा सर्वाधिक ग्रान्डस्लाम जित्ने दोस्रो खेलाडीको इतिहासको प्रारम्भिक साक्षी यिनै पेरिसका समकक्षीहरू बने।

आफ्नो पहिलो यात्रामा उनले २९ वर्षीय लार्स बर्ग्समुलरलाई पहिलो खेलमा पराजित गरे। चार राउन्डपछि, आफ्नो १९औं जन्मदिनको दिन राफेल नडालले रोलान्ड गारोसको सेमिफाइनलमा शीर्ष वरियताका रोजर फेडेररसँग प्रतिस्पर्धा गरे। भीडको मनपर्ने फेडेरर भए पनि, जीत नडालको पक्षमा रह्यो। खेलपछि फेडेररले भने,’हामी उनी जस्तो खेलाडी अर्को पाँच वर्षसम्म देख्ने छैनौं। र यहाँ रोलान्ड गारोसमा यसलाई जारी राख्न पनि उनलाई आग्रह गर्छु।’

केही दिनपछि फाइनलमा मारियानो पुएर्टालाई हराएपछि नडालले पहिलो पटक ला कुप दे मुस्कटेयर ट्रफी उठाए। माटोले ढाकिएको उनको ढाड जमीनमा लमतन्न परेर गरिने उत्सव-खुट्टा र हात फैलाएर जुन सेलिब्रेसन नाडालको चिनारी बन्न पुग्यो। खेलपछि नडालले भने, ‘पहिलो सेट जितेपछि म हार्नेछु भन्ने लागेको थियो; मलाई लाग्यो उनले जित्न सक्छन्। तर म हरेक बलको लागि लडें। खेलमा समस्या आए पनि, म लडें, म लडें, म हरेक खेलमा लडें। यी क्षणहरू निकै गहिरा हुन्छन् र जब तपाईं आफ्नो लक्ष्यमा पुग्नुहुन्छ, त्यो असाधारण क्षण हो। पहिलो पटक, खेल जितेपछि म रोएँ। यो पहिले कहिल्यै भएको थिएन।’

उनको सम्झनामा ठडिएका विशाल आकृति
२०२१ देखि कोर्ट फिलिप शात्रिएको बाहिर नाडालको सम्मानमा निर्माण गरिएको विशाल फलामको मूर्ति खडा छ। यो मूर्ति रोलान्ड गारोसमा उनको छोडेको गहिरो छापको स्थायी सम्झना हो। जब यो अनावरण गरियो, त्यहीँ समयमा नडाल केही मिटर टाढा माटोमा खेलिरहेका थिए। त्यसपछि, उनले २०२२ मा अर्को उपाधि पनि जिते।

रोलान्ड गारोससँग नडालको यो यात्रा, केवल उपाधिहरूसम्म सीमित छैन; यो उनको अद्वितीय प्रतिस्पर्धी भावना र खेलको इतिहासमा छोडिएको अमिट छापको प्रतीक हो।

त्यहीँ माटोमा नडालको खेल जीवनको सबभन्दा उज्यालो पाटो झल्किन्छ। उनका २२ ग्रान्ड स्लाम उपाधिहरूमध्ये १४ उपाधि उनले त्यहीँ रोलान्ड गारोसमा जिते।

उनले फ्रेन्च ओपनलाई ९६.५% को अचम्मलाग्दो जीत दरसहित आफ्नो करिअरबाट बिदा लिए। यो केवल आँकडा मात्र होइन, टेनिसको इतिहासमा अमिट छाप हो, जुन नाडालको अजेय आत्मबल र खेलको प्रेमलाई झल्काउँछ।

राफेल नडालको टेनिस करियर कुनै साधारण कथा होइन। यो महानता, संघर्ष, मित्रता, र अन्ततः बिदाइको एक प्रेरणादायी यात्रा हो। ‘क्ले कोर्ट’मा नडालको बर्चस्व कहिल्यै पार गर्न नसकिने खालको छ, तर उनले अन्य धेरैँ महत्त्वपूर्ण उपाधिहरू पनि जितेका छन्।

२००८ को विम्बल्डनमा रोजर फेडेरलाई हराएर इतिहासकै उत्कृष्ट खेलहरूमा गनिएको फाइनलदेखि लिएर २०२२ मा आफ्नो दोस्रो अस्ट्रेलियन ओपन जित्नेसम्म, जहाँ उनले आफ्नो करियरलाई अन्त्य गर्ने सोचिरहेका थिए। यसबीचमा, उनले चार पटक अमेरिकी ओपन जिते, दुई ओलम्पिक स्वर्ण पदक (एकल र युगलमा), र चार डेविस कप उपाधिहरू आफ्नो नाममा लेखाए।

फेडेररसँगको मित्रता र प्रतिस्पर्धा
फेडेरसँगको मित्रवत् प्रतिस्पर्धा खेलकुदको इतिहासकै अद्वितीय कथाहरू मध्ये एक हो। दुईले ४० पटक प्रतिस्पर्धा गरे, जहाँ नडालले २४ खेल जिते। तर, उनीहरू खेल मैदान बाहिर नजिकका साथी बने। २०२२ को लेभर कपमा, फेडेरको अन्तिम खेलपछि उनीहरू हात समातेर आँसु पुछिरहेको तस्बिर आज पनि सम्झनलायक छ। उनीहरू एकअर्काको हात समाएर धेरैँ समय रोए। फेडेरका अनुसार,’त्यो तस्बिर हाम्रो मित्रता र प्रतिस्पर्धाको प्रतीक हो।’

नडालको शैलीले पनि समयसँगै रूप परिवर्तन गर्‍यो। २००८ को विम्बल्डन फाइनलमा फेडेर सुटकार्डिगनमा देखिए भने नडालले आफ्नो ट्रेडमार्क घुँडासम्म पुग्ने प्यान्ट र ट्यांक टप लगाएका थिए। तर २०१० सम्ममा उनले टि-शर्ट र सामान्य सर्ट रोज्न थाले।

मानसिक चाहनामा जब चोट बाधक बन्न थाले
फेडेररलाई सायदै लाग्थ्यो करिअरमा इन्जुरी यति बाधक बन्छ भनेर। तर, पछिल्ला वर्षहरूमा धेरैँ शारीरिक संघर्ष र मानसिक शक्ति नाडालको करियरमा प्रधान रहे। उनको बायाँ खुट्टा सधैं समस्याग्रस्त रह्यो, जुन कहिले फ्याक्चर त कहिले टेन्डनाइटिसको कारण कमजोर रहन्थ्यो। तैपनि, उनले हरेक पटक आफ्नो सीमालाई पार गर्दै खेल्न जारी राखे।

२०२२ मा अस्ट्रेलियन ओपन जित्नु नाडालको करियरको एक शानदार पुनरागमन थियो। ३६ वर्षको उमेरमा उनले रोलान्ड गारोसमा २२ औं ग्रान्ड स्लाम जित्दै इतिहास बनाए। तर त्यस समयसम्म उनी चोटले कमजोर भइसकेका थिए।

नाडालका अन्तिम दिनहरू
अन्तिम दिनहरू उनी कोर्टमा फर्कनका लागि प्रयास गरे। २०२४ को डेविस कपमा नडालले अन्ततः आफ्नो करियरको अन्त्य गर्ने समयका रुपमा आयो। खेल पछि उनले भने,’म एक सामान्य गाउँको बच्चा हुँ जसले सपना देख्यो र आफ्नो परिवारको समर्थनमा यहाँसम्म आइपुग्यो। मलाई सम्झन चाहनेहरूले मलाई एक असल मानिसका रूपमा सम्झिदिए जिन्दगी धन्य हुनेछ।’

नाडालले केवल उपाधि र संख्या मात्र होइन, प्रेरणाको कथा पनि छाडेका छन्। उनले प्रतिस्पर्धा गर्ने जोशलाई आफ्नो जीवनको मुख्य तत्व बनाए। अब, खेलभन्दा बाहिरका नयाँ अध्यायमा उनले आफ्ना अनुभव र प्रभावहरूलाई बिस्तार गर्ने योजना बनाएका छन्।

जितपछि नाडालको चर्चित सेलिब्रेसन शैली ।

उनको बिदाइको सन्देशले धेरैँलाई भावुक बनायो,’म प्रतिस्पर्धाको त्यो उत्साहलाई सधैं मिस गर्नेछु, तर जीवनमा यसभन्दा ठूलो खुसी दिने चीजहरू पनि पाउने विश्वासलाई निरन्तरता दिन्छु।’

एजेन्सीहरूको सहयोगमा। 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?