
काठमाडौँ – सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ।
उनलाई बयानका लागि मंगलबार पोखराबाट काठमाडौँ ल्याइएको थियो। जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।