
काठमाडौँ – नेकपा एमालेले सडक छेकेर काठमाडौँको दरबार मार्गमा जागरण सभा गरेको छ।
एमालेको कार्यक्रमका कारण शुक्रबार दिनभर काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।
एमालेको र्याली भद्रकालीबाट सुरू भएर न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत भएको हो।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँगको सत्ता समीकरण आगामी निर्वाचनसम्म कायमै रहने दाबी गरे।
प्रधानमन्त्री ओलीले मुलुक र लोकतन्त्रलाई अप्ठ्यारोमा पार्न नदिन र समाजमा अराजकता मच्चाउने काम हुन नदिन कांग्रेससँग सहकार्य गरेर अघि बढ्नुपरेको पनि स्पष्ट पारे।