
काठमाडौँ – जनमत पार्टीले रंगभेदविरुद्धको एकता दिवसका मनाएको छ।
जनमतको काठमाडौँ उपत्यका समितिले सोमबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण र्यालीसमेत गर्यो। जनमतले मंसिर १० गते रंगभेदविरुद्धको एकता दिवस मनाउने गरेको छ।
२०७१ मंसिर १० गते काठमाडौँको खुलामञ्चमा आयोजित कार्यक्रमबाट अध्यक्ष सीके राउतलगायत पक्राउ परेका थिए। सोही घटनाको स्मरणमा जनमतले हरेक वर्ष मंसिर १० गते रंगभेदविरुद्धको एकता दिवस मनाउँदै आएको छ।