लैंगिक हिंसा विरुद्धको अभियान सुरु

लैंगिक हिंसा विरुद्धको अभियान सुरु
+
-

सिमकोट – लैंगिक हिंसा बिरुद्धको सोह्र दिने अभियान हिमाली जिल्ला हुम्लामा सुरु भएको छ। सबै खाले हिंसाको न्यूनीकरण गर्नका लागि यो अभियान जिल्लामा सिमकोट गाउँपालिकाले सञ्चालन गरेको हो।

सोमबार बेलुका अभियानको सुरुवात गरिएको छ। जसमा सिमकोट गाउँपालिकाले नेपाल नक्शा निर्माण गरेर मैन बत्ती प्रज्वलन गरिएको थियो। सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला रोकाया भामले अभियानको सुरुवात गरेकी थिईन। उद्घाटन कार्यक्रम सबै प्रकारका हिंसा न्यूनीकरण गर्नेतर्फ ध्यान जान आवश्यक रहेको उनले बताइन्।

उनले यो कार्यका लागि गाउँपालिका लाग्ने प्रतिबद्धतासमेत ब्यक्त गरिन्। कार्यक्रममा सरकारी वकिल सिलुका लिंथेपले हिंसा आफैमा अपराध भएको कारण यसको निर्मुलीकरण गर्न आवश्यक रहेको बताइन्।

उनले लैगिंक हिसाले गर्दा समाजमा नकारात्मक कुरा बढ्दै गएको कारण यसलाई हटाउनका लागि सवैले लाग्नुपर्ने बताइन्।

त्यसैगरी पत्रकार महासंघका हुम्लाका अध्यक्ष राजन रावतले हिंसा कम गर्न ब्यक्तिले आफैँबाट सुरुवात गर्नुपर्ने बताए।

हिंसा अरुका लागि नगर्न भन्ने तर ब्यक्ति आफै गर्ने कार्य लाग्ने प्रबृति नहटेसम्म परिवर्तन सम्भव नदेखिएको उनले बताए।

अभियानको दोस्रो दिन आठ वटै वडाका आमा समुहबिच हिंसा बिरुद्ध जनचेताना मुलक कार्यक्रम सचालन गरिनेछ भने गाउँपालिकाका विद्यालयहरुमा लैंिगक हिंसाविरुद्ध चेतनामूलक कार्यक्रम पनि आयोजना गरिने छ। कार्यक्रममा सरोकारवाला पक्षको उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?