जनकपुरधामका संस्थागत विद्यालय भोलिदेखि खुल्ने

जनकपुरधामका संस्थागत विद्यालय भोलिदेखि खुल्ने
+
-

जनकपुरधाम– एक सातादेखि बन्द रहेको जनकपुरधामका संस्थागत विद्यालयहरू भोलिदेखि खोल्ने सहमति भएको छ। सोमबार जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा भएको बैठकमा विद्यालय खोल्ने सहमति जुटेको हो।

जनकपुरधाम उपमहानगरपालिका, संस्थागत विद्यालयका विभिन्न संगठनका प्रतिनिधि, नागरिक समाज एवं आन्दोलनरत्त विद्यार्थीहरु सहभागि बैठकबाट विद्यालय खोल्ने सहमति जुटेको हो।

एक महिनाभित्र समस्या समाधानका लागि जनकपुरधाम उपमहानगरको नेतृत्वमा सरोकारवाला निकायहरु रहने गरी ७ सदस्यीय समिति सर्वसम्मतले गठन गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष मनोज कुमार साहले जानकारी दिए।

जनकपुरधाम उपमहानगरपालिकाले नेपाल विद्यार्थी (नेवि) संघसँग सम्झौता गरेर जनकपुरधाममा सञ्चालित निजि विद्यालयहरुलाई कक्षा ११ र १२ मा छात्रवृतिमा अध्ययनरत्त विद्यार्थीहरुको सम्पूर्ण रकम छुट गर्न परिपत्र गरेपछि त्यसको विरोधमा स्कुल तथा कलेजहरु गत सोमबारदेखि अनिश्चितकालका लागि बन्द भएको थियो।

निजी विद्यालयका संगठनहरू हिसान, प्याब्सन, एनप्याब्सन, एमप्याब्सनले यसअघि उपमहानगरले गरेको परिपत्र अनुसार नै छात्रवृति दिन सकिने भन्दै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?