
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको रिहाईको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ।
३७ दिनदेखि मुलुकका दुई ठूला दलले पूर्णरुपमा राजनीतिक प्रतिशोध साँधेर प्रक्राउ गरी हिरासतमा राखेको भनी सोको विरोधमा प्रदर्शन भएको हो।
प्रदर्शनकारीले ‘राजनीतिक प्रतिशोध बन्द गर’ लेखिएको ब्यानर र प्लेकार्डसहित शान्तिपूर्ण रुपमा विरोध गरेका हुन्।
पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परी अहिले पोखरा हिरासतमा छन्।
थप तस्बिरहरू: