कोशी सरकारले एनपिएल सहभागी विराटनगर किंग्सलाई दिने भनिएको पुरस्कार राशिको आलोचना

कोशी सरकारले एनपिएल सहभागी विराटनगर किंग्सलाई दिने भनिएको पुरस्कार राशिको आलोचना
+
-

मोरङ- कोशी प्रदेश सरकारले नेपाल प्रिमियर लिग(एनपिएल )मा सहभागी विराटनगर किंग्सलाई दिने भनिएको पुरस्कार राशिको आलोचना भएको छ ।

नेपाल क्रिकेट संघ क्यानको कोशी प्रादेशिक क्रिकेट संघ र जिल्ला क्रिकेट संघ मोरङले सरकारले क्रिकेटको महत्त्व नबुझी रकमको घोषणा गरेको आरोप लगाएको छ।

कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डेले प्रतियोगिताको विषयलाई नबुझी सरकारले निजी क्षेत्रलाई मात्र हेरेको पुरस्कारको घोषणा गरेको गुनासो गरेका छन् । उनले भने,’एक निजी क्षेत्रबाट बनाइएको टोलीलाई यति ठूलो रकम दिनुले गलत सन्देश जानेछ । यो त निजी क्षेत्रलाई पोस्ने मात्र काम भए जस्तो भयो ।’

प्रादेशिक संरचनामा संघले आयोजना गरेको प्रतियोगिताका लागि पटक पटक सहयोगमाग्दा आफूहरु रित्तो हात फर्कनु परेको बताएका अध्यक्ष पाण्डेले भने, ‘मुख्यमन्त्री आफैमा समझदार हुनुहुन्छ । तर उहाँलाई कसैले गलत म्यासेज दिएको हुनुपर्छ । नत्र एउटा निजी क्षेत्रले बनाएको टोलीलाई रकम दिन्छु भन्नु र क्यानले आयोजना गरेका कार्यक्रमलाई सरकारले पन्छाउँदै जानुले हामीलाई समेत निराश बनाउँछ । आखिर प्रतियोगिता गराउँदै खेलाडी उत्पादन त हामीले नै गर्ने हो ।’

अहिले एनपिएलमा सहभागी किंग्सको प्रदेश र जिल्लासँग कुनै सम्बन्ध नभएको उनको गुनासो छ । प्रदेशका स्तरीय खेलाडीलाई सम्मान हुनेगरि राम्रो रकममा खरिद नगरेको टोलीलाई सरकारले समेत साथ दिएको उनको भनाई छ । उनले भने,’विराटनगरका युवा प्रतीभा दिपेश कँडेल, ललित राजवंशी लगायतलाई टोलीमा समेट्न सकेन ।
बरु अरु टोलीले उनीहरुलाई महत्त्वपूर्ण स्थान दिए । टोलीले पहुँचको भरमा भैरहवाका खेलाडीलाई भित्राए ।’

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किंग्सलाई मंगलबार राति एक होटलमा उपाधि जिते ३० लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका थिए। सञ्चारक्षेत्रलाई समेत गुपचुप राखेर आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री कार्कीलाई किंग्सले अन्यौलमा पारेको हुनसक्ने उनको भनाई छ ।

जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद बाबुसाद कुरैसीले मुख्यमन्त्री कार्कीले निजी क्षेत्रलाई पोस्नका लागि रकम दिन्छु भन्नु आफैमा हास्यापद भएको बताए । उनले भने,’गत वर्ष कोशी प्रदेश ट्रफी गराउँदाको करिब २० लाख रुपैया अझैपनि सरकारले उपलब्ध गराउन सकेको छैन । जुन प्रतियोगिता क्यानकै अंग जिल्ला क्रिकेट संघ मोरंग र प्रदेशले मिलेर गरेका थियौं । अहिले उहाँले फेरि नीजि क्षेत्रलाई जितेर आउनु ३० लाख दिन्छु भनेर ललिपप दिनु भएछ ।उहाँलाई कसैले गलत सन्देश प्रवाह गरेको जस्तो लाग्यो ।’

त्यसो त किंग्सले लिगको लागि खेलाडी लिलामीबाट आलोचना खेप्दै आएको छ। विराटनगरका पूर्व क्रिकेटर तथा प्रशिक्षक राजेश पोखरेलले सामाजिक सञ्जालमा सुरुआतबाटै टोलीमा विराटनगरको खेलाडी नपर्नु आफैमा विडम्बना रहेको बताए थिए ।

उनले भने,’विराटनगरको शान हो किंग्स तर, यसले यहाँको खेलाडीको महत्व बुझ्न सकेन । यहाँको प्रतिभालाई हन्टको नामबाट चोरबाट हुदै टोलीमा राख्यो । राष्ट्रियस्तरको ए डिभिजनमा सहभागि भइसकेका खेलाडीले समेत टोलीमा समावेश हुन अन्य खेलाडीझै हन्टको सहारा लिनु पर्यो । यो कुरा आफैमा दुखद छ ।’

अर्कोतर्फ, किंग्सका मालिक पारस लुनियाले मंगलबार अभ्यास मैदानमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफूले कमाउनका लागि टोली बनाएको बताएका थिए । उनले भने,’हामीपनि आर्थिक रुपमा कमाउने गरि नै आएको हो । हाम्रो कमाइ भनेको खेलाडीको पनि कमाइ हो । उहाँहरुलाई बलियो बनाउँदै दुइ पैसा लगानीकर्ताले हात पार्नु नयाँ कुरा होइन । हो हामीले कमाउनका लागि नै प्रतियोगितामा सहभागिता जनाएको हो ।’

विराटनगर किंग्सले शनिबारबाट सुरु हुने एनपिएल लिगको लागि १ करोड ५१ लाख रुपैया लगानी गरेको छ । आठ टोलीमध्ये सर्वाधिक खर्च गर्नेमा किंग्स सातौ स्थानमा रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?