
काठमाडौँ – भारतका चर्चित क्रिकेटर शिखर धवन नेपाल प्रिमयर लिग (एनपिएल) खेल्न काठमाडौँ आइपुगेका छन्।
उनी शुक्रबार साँझ काठमाडौँ आइपुगेका हुन्। उनी एनपिएलमा कर्णाली याक्समा आवद्ध छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका अफिसियलहरुले स्वागत गरेका थिए।
भारतका लागि २४ टेस्ट खेलेका उनले २ हजार ३१५ बनाएका छन् भने १६७ एकदिवसीय खेलमा ६ हजार ७९३ रन बनाएका छन्। टी–२० उनले भारतका लागि ६८ खेलमा १ हजार ७५९ रन बनाएका छन्।
उनले टेस्ट क्रिकेटमा ७ शतक र ५ अर्धशतक तथा एकदिवसीयमा १७ शतक र ३९ अर्धशतक बनाएका छन्। टी–२० क्रिकेटमा ११ अर्धशतक बनाएका छन्।
उनले इन्डियन प्रिमियर लिग (आइपिएल)मा ६ हजार ७६९ रन बनाएका छन्।