रविको बयान चल्दैगर्दा रास्वपाका कार्यकर्ता माइतीघरमा (तस्बिरहरू)

रविको बयान चल्दैगर्दा रास्वपाका कार्यकर्ता माइतीघरमा (तस्बिरहरू)
+
-

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै नेता-कार्यकर्ताले आइतबार माइतीघरमा प्रदर्शन गरेका छन्।

आज माइतीघरस्थित सरकारी वकिलको कार्यालयमा सभापति लामिछानेको बयान चलिरहँदा उनको रिहाइको माग गर्दै नेता-कार्यकर्तालेले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

सहभागीले ‘रवि दाइलाई रिहा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’लगायतका पम्प्लेट बोकेका छन्।

शुक्रबार बयान नसकिएकाले आइतबार पनि उनको बयान लिइएको प्रहरीले जनाएको छ। कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा बिहीबार साँझ कास्कीबाट काठमाडौँ ल्याएर उनलाई प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो।

उनलाई लिन काठमाडौँ प्रहरी परिसरका एसपी नवराज अधिकारी आफैँ विमानस्थल पुगेका थिए। लामिछानेसँग शुक्रबारदेखि बयान लिन थालिएको थियो। शुक्रबार ६ घण्टा लामो बयान उनीसँग लिइएको थियो।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?