
काठमाडौँ – स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि भएको उपनिर्वाचनको मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन गरिँदै छ। मतपेटिका संकलन गरेर मतगणनास्थल पुर्याएपछि मत गन्न सुरु गरिने छ।
यसैबीच काठमाडौँ महानगरपालिका–१६ को पकनाजोलमा रहेको बुथबाट मतपेटिका सिल गरेर सुरक्षाकर्मीले संकलन गरेका छन्।
आज नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको हो। यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन्।