
काठमाडौँ – सामान्यतया काठमाडौँ उपत्यकाबाट हिमाली दृश्यको अवलोकन गर्न सकिन्छ।
आकाश खुलेको बेला काठमाडौँको उत्तरतर्फ गणेश हिमाल, लाङटाङ हिमाल, दोर्जेलाक्पालगायतका हिमालहरु देख्न सकिन्छ।
तर, पछिल्लो समय वायु प्रदूषणका कारण प्रष्टरुपमा हिमाली दृश्य देखिँदैन। प्रदूषणका कारण हिमालहरु धमिलो देखिन्छन्। सोमबार साँझ ललितपुरको सुन्दरीघाटबाट हिमाल नियाल्दा पनि त्यस्तै धमिलो दृश्य देखिन्थ्यो।
तस्बिरहरुः