
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
सुदूरपश्चिमविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय लिएका हुन्।
बिहान ओसिलो पिचका कारण बलरलाई सहयोग मिल्ने ठानिएको छ। विराटनगर आज पहिलो जितको खोजिमा रहेको छ। विराटनगर पहिलो खेलमा जनकपुरसँग पराजित भएको थियो। त्यसैले दोस्रो खेलमा आज जितको खोजीमा मैदान उत्रिँदै छ।
सुदूरपश्चिम भने यो पहिलो खेल हो। विजयी सुरुवात सहित पहिलो खेलबाटै आफ्नो बलियो उपस्थितको लक्ष्यमा सुदूरपश्चिम रहेको छ।