
नेपाल प्रिमिएर लिग (एनपिएल)मा विराटनगर किंग्स सुदूरपश्चिमसँग निरीह बनेको छ। लगातार दोस्रो खेलमा पनि नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका सन्दीप लामिछाने रहेको उक्त टोली सुदूरपश्चिमसँग पराजित हुनुले सन्दीप र विराटनगरसँगको दर्शकको आशा निराशामा परिणत भएको छ।
आजको खेलमा ९० रनको फराकिलो अन्तरले विराटनगर किंग्स सुदूरपश्चिमसँग पराजित भएको हो। फराकिलो हार भोग्ने क्रममा विराटनगरको बलिङ र ब्याटिङ दुवै कमजोर रह्यो।
सुरुमा उत्साहित देखिएका विराटनगरका समर्थक दुखी भइरहँदा सुदूरपश्चिमका समर्थक भने निकै उत्साहित देखिन्थे। अविनास बोहरा र दीपेन्द्रसिंह ऐरीको प्रदर्शनलाई दर्शकले निकै हौसाएका थिए।
तस्बिरहरूमा हेर्नूहोस् टियु क्रिकेट मैदानमा देखिएको माहोल: