
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्सले फराकिलो हार व्यहोरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पोखरा चितवन राइनोजसँग ८७ रनले पराजित भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पोखरालाई १६२ रनको लक्ष्य दिएको थियो। चितवनका लागि रवि बोपराले ५१ र कप्तान कुशल मल्लले ३८ रन बनाएका थिए।
जवाफी ब्याटिङ गरेको पोखरा १३.२ ओभरमै अलआउट भयो। पोखराका लागि नारायण जोशीले ३० रन र मार्कुस क्रिच्लीले १७ रन बनाए पनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।
पोखराको ब्याटिङ धरासायी बनाउन चितवनका सोहेल तनवीर, रिजन ढकाल र लुक बेनकेस्टाइनले तीन–तीन विकेट लिँदा दीपक बोहोराले एक विकेट लिए।