
नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत बुधबार काठमान्डु गुर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ।
जारी खेलमा कर्णालीले काठमान्डुलाई जितका लागि एक सय ५० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर एक सय ४९ रनको योगफल बनायो। कर्णालीका लागि धवनले ५१ बलमा चार चौका र पाँच छक्काको मद्दतमा अविजित ७२ रनको योगदान दिए।
खेलमा दर्शकले राम्रो साथ दिएका छन्। कर्णाली र काठमान्डु दुवैका समर्थकले खेलाडीलाई हौसाइरहेका छन्।
थप तस्बिरहरू: