ऐतिहासिक रन चेज गर्दै विराटनगरले जित्दा मैदानमा बन्यो खुसीको माहौल (तस्बिरहरु)

ऐतिहासिक रन चेज गर्दै विराटनगरले जित्दा मैदानमा बन्यो खुसीको माहौल (तस्बिरहरु)
+
-

नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगरले अहिलेसम्मको उच्च लक्ष्यको रन चेज गरेको छ। विराटनगरको जितमा लोकेश बम, बसिर अहमद, मार्टिन गुप्टिलले उत्कृष्ट इनिङ खेल्दा टिमका लागि निर्णायक भने क्रिस सोले बने। खेलको अन्त्यतिर मैदानमा उत्रिएका क्रिस सोलेले पहिलो बल डट खेल्दा अर्को बलमा छक्का प्रहार गर्दै टिमलाई ३ बलमा ७ रन चाहिने अवस्थामा पुर्‍याए।

उनले अर्को बलमा चौका प्रहार गर्दै टिमलाई २ बलमा ३ रनको अवस्थामा पुर्‍याए। अर्को बलमा चौका प्रहार गर्दै उनले टिमलाई अन्तिम बल अगाडि नै जित दिलाए। उनी खेल जिताउने नायक बनेका छन्। यसअघि दुई खेलमा हार ब्योहोरेको विराटनगरले पहिलो जित निकालेको हो।

विशाल लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि लोकेश बमले ७१ रनको सानदार इनिङ खेलेका थिए। लोकेशले ४६ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए। त्यस्तै लोकेश बमले ४० रन बनाए। उनले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। यी दुईबीच पाँचौ विकेटका लागि ७७ रनको साझेदारी भएको थियो।

त्यस्तै बिराटनगरका लागि मार्टिन गुप्टिलले २८ रन बनाउँदा गुप्टिलले ६ चौका प्रहार गरेका थिए। अन्तिम ओभरको रोमाञ्चक्ता अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा बिबेक यादव बलिङका लागि आए। उनले सुरुवाती दुइ बल वाइड फाल्दा पहिलो बलमा सन्दीपलाई आउट गरे। त्यसपछि क्रिजमा आएका उनले ४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १४ रनमा अविजित रहे।

विराटनगर किङ्स्‌ले लुम्बिनी लायन्सको १९२ रनको लक्ष्य सानदार तरिकाले चेज गरेपछि मैदानमा खेलाडीहरु रमाएका थिए।

बर्षा शाहका तस्बिरहरु:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?