
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै लगातार तेस्रो जित निकालेको छ।
लुम्बिनी लायन्सले भने लगातार तेस्रो खेलमा हार भोग्न पुगेको छ। टियू मैदान कीर्तिपुरमा शनिबारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन बनायो।
आज शनिवार भएकाले खेल हेर्ने दर्शकको उत्साहजनक सहभागिता रहेको छ।
तस्बिरहरूः