एनपिएलः कर्णालीसँग विराटनगर स्तब्ध (तस्बिरहरु)

एनपिएलः कर्णालीसँग विराटनगर स्तब्ध (तस्बिरहरु)
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सलाई हराउँदै कर्णाली याक्सले दोस्रो जित निकालेको छ। शनिबार भएको दिनको दोस्रो खेलमा कर्णालीले विराटनगरलाई ७ रनले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै १३३ रन बनाएको थियो। कर्णालीका लागि देव खनालले ५३ र विलियम बोसिस्टोले ६६ रन बनाएका थिए।

कर्णालीलाई सस्तैमा समेट्न विराटनगरका प्रतिश जिसीले ४ विकेट लिए। यस्तै, बसिर अहमद र क्रिस सोलले २–२ तथा अकिब इलियसले १ विकेट लिए।

१३४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२६ रन मात्रै बनाउन सक्यो। उसका लागि निकोलस कीर्टनले ४०, लोकेश बमले १९ र दिपक बोहराले १८ बनाए।

कर्णालीलाई जिताउन बलिङतर्फ नन्दन यादवले ३, विपिन शर्माले २ तथा सोमपाल कामी, विलियम बोसिस्टो र युनिस ठकुरीले १–१ विकेट लिए।

आज शनिबार पनि भएकोले त्रिवि क्रिकेट मैदानमा दर्शकको उपस्थिति उल्लेख्य थियो।   

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?