भ्रष्ट कर्मचारीतन्त्रको पर्दाफास गर्ने उपन्यास ‘९६ गड्डी’ (भिडियो)

+
-

निजामती र सरकारी सेवामा तीन दशक काम गरेका प्रकाश तिवारी नेपाली उपन्यास लेखनको क्षेत्रमा आर्कषक शैली, सुझबुझ र सूक्ष्म अन्तर्दृष्टिसहित देखा परेका छन्। हाल नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य समेत रहेका तिवारीको उपन्यासहरू परित्यक्त, निलोफर र निहारिकापछि हालै उनको अर्को उपन्यास सार्वजनिक भएको छ, ‘९६ गड्डी।’

प्रशासनिक क्षेत्रमा भ्रष्टाचारको प्रक्रिया कस्तो हुन्छ? यसले ल्याउने जटिलता, नागरिक जीवन र सामाजिक व्यवस्थामा पार्ने असर तथा समाजमा भ्रष्टाचार कस्तोकस्तो रूपमा कहाँ–कहाँसम्म व्याप्त छ? सामाजिक, आर्थिक एवम् राजनीतिक परिस्थितिलाई यसले कसरी जकडेको हुन्छ भन्ने विषयलाई ‘९६ गड्डी’ उपन्यासमा निकै सजीवताका साथ उपन्यासकार तिवारीले प्रस्तुत गरेका छन्। यही उपन्यास वरिपरि रहेर देशसञ्चारका लागि उनीसँग गरिएको कुराकानी:

उपन्यास ‘९६ गड्डी’ के हो?

एउटा वाक्यमा भन्दा इमान्दारी र परिवर्तनको कुरा गरेर नेपालको राजनीति अनि ‘लेफ्ट पार्टी’का नेताहरुमा आएको चारित्रिक विचलनको कथा हो। कर्मचारीलाई भ्रष्ट बनाउनमा कुनकुन तत्वले काम गरेको छ र भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्ने? यसको उपाय के हुन सक्छ? भ्रष्टहरू जाने ठाउँ ठमेलका नाइट क्लबहरु हुन् । पेरिस थियटरमा लुई चौधौका सन्तानको नाटक हेर्दाको दृष्यलाई पनि पात्रमार्फत देखाउने कोसिस गरेको छ।

कर्मचारी तन्त्रमा हुने भ्रष्टाचारको कथालाई उपन्यासमार्फत लेख्नुपर्छ भन्ने कसरी लाग्यो?

निजामती र संस्थान गरेर मैले साढे ३८ वर्ष सेवा गरेँ। त्यसमा १२ वर्ष निजामती सेवामै काम गरेँ अनि नेपाल कृषि अनुसन्धान परिषदमा ५२ सालमा प्रशासनतिरको अधिकृत भएर अवकाश पाएँ। सेवामा कार्यरत हुँदैदेखि मैले परित्यक्त, निलोफर, निहारिका उपन्यास पनि लेखिसकेको थिएँ। ७७ सालमा अवकाश पाएपछि म पूर्णकालीन लेखनमा छु। आफूले सरकारी सेवाको विकृतिलाई नजिकबाट देखेको र राजनीतिलाई पनि चासोको साथ लिन थालेको हुनाले आख्यानमार्फत कर्मचारी तन्त्रमा हुने विकृतलाई उजागर गर्ने कोसिस गरेँ।

पात्र विज्ञानमार्फत कर्मचारी तन्त्रभित्र हुने भ्रष्टचारलाई उदाङ्गो पारिदिनु भएकोे छ। यसखालको कथा लेखनमा तपाईंको अनुभव रह्यो कि अध्ययन पनि?

एक जनाले यस्तै क्रममा सोध्नु भयो कि, त्यो विज्ञान तपाईं आफै हो भनेर। लेखकको केही न केही अनुभव नभई यत्तिको किताब लेखिँदैन भन्ने लाग्छ, तथापि ‘९६ गड्डी’को सम्पूर्ण कथा मेरै अनुभव चाहिँ होइन तर केही अंश हुन सक्छ। बाँकी कुराहरु चाहिँ लेखकले देखेको, भोगेको र अध्ययन गरेको हो।

‘९६ गड्डी’को अर्थ चाहिँ के हो?

गड्डी भनेको तासको गड्डीलाई पनि भनिन्छ र हजार हजारको नोटबाट भनेको एक लाखको बिटोलाई पनि गड्डी भनिन्छ। यो ‘९६ गड्डी’ भनेको लाख हो। विज्ञान भन्ने पात्र फर्स्ट क्लास अफिसर र भन्सार विभागको महानिर्देशक हुन्छ। ऊ इमान्दार र कर्तव्यनिष्ट कर्मचारी। पछि ९६ लाख सहित आफ्नै कार्यकक्षबाट पक्राउ पर्छ। त्यही कुरालाई आख्यानीकरण गरेर यो उपन्यास रचिएको हो। र त्यो पैसाको गड्डीबाटै उपन्यासको नामाकरण गरिएको हो।

तपाईंको अनुभवमा कुन स्तरका कर्मचारीले बढी भ्रष्टाचार गर्छन्?

उखान छ त नेपालीमा जिउ पखाल्नु छ भने माथिबाट पानी खनाउनु पर्छ। पुछार सङ्लो बनाउनु छ भने मुहान संङ्लाउनु पर्छ। त्यो हिसाबले शुद्धीकरण माथिबाट नै हुनुपर्छ। चाहे राजनीतिक नेतृत्व होस्, कर्मचारीको नेतृत्व होस् माथिबाट शुद्धिकरण हुनुपर्छ हो भन्ने। जिम्मेवारी जसले बढी लिन्छ या अख्तियारी पनि उसैमा हुन्छ। असल राजनीति सत्तामा पुग्यो भने र प्रधानमन्त्रीले घुस खाएन भने मन्त्रालयमा रहेका मन्त्रीले पनि खाँदैनन्। मन्त्रीले नखाएपछि विभागीय प्रमुख अथवा सचिवले घुस खाँदैनन्। सचिव ठीक भएमा बाँकी हाकिमहरू पनि ठीक ठाउँमा बसेर काम गर्छन् र बाँकी पनि सचेत हुन्छन्। तलका कर्मचारीचाहिँ त्यसै सचेत हुन्छन्। बढी भूमिका त माथिकै हुन्छ।

तपाईंले उपन्यासको मुख्य पात्र विज्ञान आचार्य बामपन्थी राजनीति हुँदै सरकारी सेवामा प्रवेश गरेको र ऊ भ्रष्ट हुँदै गएको छ। बामपन्थी राजनीति गरेकै पात्र किन छान्नु भयो?

यो उपन्यासको कथा २०४६ सालबाट सुरु हुन्छ र त्यहाँबाट राजनीतिक गर्दै आएका कम्युनिष्ट र डेमोक्रेसी पार्टीकै हुन्। ४६ सालदेखि नै राजनीति गर्ने यिनै पार्टीका नेताहरूले पटकपटक सत्ता हाँकेका छन्। भ्रष्ट यिनैको पालादेखि हुँदै आएको छ। केही राजाको कुरा पनि समेटिएका छन्। देशमा आमूल परिवर्तन ल्याउँछु भन्दै समाजवादको नारा लगाए। समाज परिवर्तनका सपना देखाए। लोकतन्त्रको नारा प्रजातान्त्रिक समाजबादको नारा पनि दिए तर नेताहरू कामभन्दा बढी व्यक्तिगत स्वार्थमा लागे। पैसा कमाउन लागे। त्यसको प्रभाव सबैभन्दा बढी कर्मचारीमा देखियो। किनकि कुनै पनि कर्मचारी पार्टीको झण्डा नबोकी त्यहाँ पुगेका छैनन्। पार्टीको सहयोग पाएर भ्रष्ट हुन पुगेका थुप्रै उदाहरणहरू छन्।

‘९६ गड्डी’को मुख्य पात्र आलोक, विज्ञान र गिरीधारी मध्ये कुन चाहिँ पात्रमा आफूलाई पाउनुहुन्छ?

मलाई त आराधना भन्ने पात्र मन पर्छ। यो उपन्यासको मुख्य पात्र होइन। उसको संघर्ष र उसले देखाएको राष्ट्रप्रेमले साह्रै लोभ्याउँछ। ऊ ठमेलको एक रेष्टुरेन्टमा नाच्ने पात्र हो। देहव्यापार गर्न बाध्य छे र पनि राजनीति चेत भएकी युवती हो। बुवा क्यान्सर रोगका कारण बितेका कारण ऊ जीवन चलाउन त्यहाँ काम गरेकी हुन्छे र पनि नाइट क्लबहरुमा आउने तस्कार, माफिया र भ्रष्टचारीलगायत गोप्य षडयन्त्रलाई राष्ट्रप्रेमी सम्म पुर्याचउन सघाउँछे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?