
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेकाे छ।
याे सँगै काठमान्डुले प्रतियोगितामा तेस्रो जित हासिल गर्दै ‘प्लेअफ’ दौडमा आफूलाई कायम राखेको छ।
काठमान्डुले राम्रो रनरेट सहित जित निकाल्ने क्रममा ३५ बल बाँकी हुँदै खेल आफ्नो पक्षमा पार्यो। यो हारसँगै पोखराको ‘प्लेअफ’ सम्भावना भने कमजोर बनेको छ।
काठमान्डु विरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको पोखराले दिएकाे १ सय ३९ रनको लक्ष्य पछ्याएको काठमान्डुले १४.१ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।