
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबारको दोस्रो खेल टीयू क्रिकेट मैदानमा जारी छ।
जहाँ प्लेअफ पुगिसकेको जनकपुर बोल्ट्स विरुद्ध चितवन राइनोज ‘प्लेअफ’मा पुग्नका लागि प्रतिष्पर्धा गरिरहेकाे छ।
उक्त खेल हेर्नका लागि दर्शकहरुकाे पनि राम्राे उपस्थिति रहेकाे छ। शनिबार नै भएकाे पहिलाे खेलमा दर्शकहरू भने खासै उपस्थित थिएनन्।
आजकाे पहिलाे खेलमा काठमान्डु गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेकाे थियाे। चितवन आजको खेलमा जित निकाल्दै ८ अङ्क बनाएर ‘प्लेअफ’ को बलियो दाबेदार बन्ने लक्ष्यमा छ।
जनकपुर भने जित निकाल्दै क्वालिफायर पक्का गर्ने लक्ष्यमा रहेको छ।