
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबारको दोस्रो खेल टीयू क्रिकेट मैदानमा जारी छ।
‘क्वालिफायर’ को लक्ष्यमा सहित पहिलो ब्याटिङ गरीरहेको सुदूरपश्चिम १ सय ११ रन जोड्दा ५ विकेट गुमाउन पुगेको छ।
उक्त खेल हेर्नका लागि दर्शकहरुकाे पनि राम्राे उपस्थिति रहेकाे छ। आइतबार सार्वजनिक बिदा पनि रहेकाे छ। त्यतीमात्र नभइ सुदूरपश्चिमको खेल हुँदा बिदाको दिन नहुँदा पनि दर्शकको बाक्लो उपस्थिति रहँदै आएको छ।