
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ।
त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा सोमबार कर्णालीले दिएको एक सय दुई रनको लक्ष्य सुदूरपश्चिमले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो।
खेलमा दर्शकको पनि उत्साहजनक उपस्थिति रहेको थियो। सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिरहँदा टोलीसँगै समर्थकका लागि पनि खुसी थपिएको छ।
हारका बाबजुद कर्णाली भने नेटरनरेटमा काठमान्डु गुर्खाजलाई पछि पार्दै प्लेअफमा स्थान बनाउन सफल भयो। योसँगै प्लेअफ समीकरण पूरा भएको छ।
तस्बिरहरू: