
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) मा फाइनल पुग्ने भिडन्तका रुपमा रहेको पहिलो क्वालिफयारमा जनकपुर बोल्ट्सले औषत सुरुवात गरेको छ।
एनपीएल क्रिकेटको पहिलो क्लालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पाँचौं विकेट गुमाएको छ ।
जनकपुर बोल्ट्सका अरनिको यादव ११ रनमा आउट भएका हुन् । उनलाई सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले आउट गरेका हुन् ।
जनकपुरका कप्तान आसिफ शेख ११ रनमा आउट हुँदा ओपनर लाहिरु मिलन्था १२ रनमा पेभिलियन फर्किएका थिए।
त्यस्तै शुभ कंसकार २६ रनमा रनआउट हुँदा हर्ष थकर १२ रनमा आउट भए। अहिले क्रिजमा अरनिको यादव ६ रनमा रहँदा उनलाई साथ दिन जिमी निसम मैदानमा आएका छन्।