काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि उचालेको हो।

जितका लागि सुदूरपश्चिम रोयल्सले १८५ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य जनकपुर बोल्ट्सले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो।

जनकपुरको जितसँगै खेलाडीसँगै समर्थकहरुले खुसी बनाएका छन्।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

                                                                                                                    
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































