
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह प्रथम कोटेश्वर महोत्सवमा पुगेका छन्।
मेयर शाहले आजदेखि सुरु भएको महोत्सवको उद्घाटन गरे। महोत्सव उद्घाटनका लागि पुग्दा उनलाई हेर्नका लागि तँछाडमछाड भएको थियो। बालेन पुग्दा भीड सम्हाल्न हम्मेहम्मे परेको थियो।
कार्यक्रममा बोल्दै मेयर शाहले सरकारले तीनकुनेमा व्यक्तिको जग्गा लुटेको तर वर्षौैसम्म पनि मुआब्जा नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
कार्यक्रममा महानगरकी उपमेयर सुनिता डंगोल पनि उपस्थित थिइन्।
‘हाम्रो कोटेश्वर, राम्रो कोटेश्वर’ भन्ने नाराका साथ प्रथम कोटेश्वर महोत्सव आजबाट सुरु भएको हो।