पोखरामा सुरु भयो चिनियाँ खेल ड्रागन बोटरेश फेस्टिबल (तस्बिरहरू)

पोखरामा सुरु भयो चिनियाँ खेल ड्रागन बोटरेश फेस्टिबल (तस्बिरहरू)
+
-

पोखरा- पोखराको फेवातालमा दोस्रो संस्करणको ड्रागन बोटरेश फेस्टिबल सुरु भएको छ ।

लेकसाइडस्थित हल्लनचोकमा फेस्टिबल सुरु भएको हो । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलेपोखराको पर्यटन प्रबर्द्धनमा मात्रै नभई नेपाली र चिनियाँ नागरिकबीच सुमधुर सम्बन्ध कायम गर्न सघाउने बताए । 

`खेलकुदले देश र समुदायलाई एकताको शुत्रमा बाँध्छ´, उनले भने । पोखरामा सन् २०२७ मा हुने १९ बर्षमुनिको महिला कृकेट प्रतियोगिता सन्चानार्थ आगामी आर्थिक बर्षको बजेटमा विशेष प्राथमिकता दिने मन्त्री चौधरीको उदघोष गरे ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा फेस्टिभल भएको हो ।

आइतबार र सोमबार दुई दिन चल्ने प्रतियोगितामा २० समूहले सहभागिता जनाएका छन्  । आयोजकका अनुसार नेपालका ११, चीन ८ र सिंगापुरका एक गरी २० समूह सहभागी हुने आयोजकले जनाएका हुन् ।

२०० मिटर र ५०० मिटर दुरीमा हुने प्रतिस्पर्धामा  विजेता समूहले समान ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । उपविजेताले २ हजार डलर र तेस्रोले १ हजार २००डलर पुरस्कार प्राप्त गर्नेछन् ।

सहभागी १७ समूहलाई प्रतिसमूह ५ सय डलर प्रदान गरिने छ । ड्रागन बोटरेशमा सहभागी हुने चीनियाँ खेलाडी, प्राविधिक र पाहुनासहित १२९ जनालाई बोकेर सिचुवान एयरलाइन्सको विमानको चार्टर उडान मार्फत पोखरा आएको थियो ।

छेन्दुबाट सिचुवानको विमान पोखरा ओर्लिएको हो । चीनको प्रमुख चार परम्परागत पर्वमध्येको एक हो, ड्रागन बोटरेस फेस्टिभल। परम्परागत चिकित्सा र स्वास्थ्य उत्सवको रुपमा मनाइने ड्रागन बोटरेस फेस्टिभल पोखराको फेवातालमा गत वर्षको असार ८ र ९ गते भएको थियो ।

प्रतियोगिताका लागि चीनबाटै ड्रागन बोट ल्याएर पोखरा महनगरलाई हस्तान्तरण गरिएको हो ।

चीनसँगै मलेसिया, इन्डोनेसिया, सिंगापुर र ताइवानमा मनाइने यो फेस्टिभल त्यतिबेला दक्षिण एसियामै पहिलो पटक पोखरामा मनाइएको आयोजकको दाबी थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?