लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना बनाउनुपर्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना बनाउनुपर्छः मुख्यमन्त्री आचार्य
+
-

नेपालगन्ज  – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउनुपर्ने बताएका छन्।

प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउन आवश्यक रहेको धारणा राखेका छन्।

विश्वविद्यालयको छैठौं सभा (सिनेट) बैठकलाई बुधबार बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले विश्व विद्यालयको शैक्षिक र प्रशासनिक सेवालाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताए।

‘यो विश्व विद्यालयलाई देशकै नमुना बनाउन चाहन्छौं। देशका विभिन्न स्थानबाट विद्यार्थीहरु यहाँ पढ्न आउने वातावरण र अवसर सरकारले सृजना गर्न चाहन्छ’मुख्यमन्त्री आचार्यले भने,‘युगले खोजेको जनशक्ति, विश्व बजारमा खपत हुन सक्ने जनशक्ति उत्पादनको केन्द्र बनाउन चाहन्छौं। यो विश्व विद्यालयलाई सबैको आकर्षणको केन्द्र कसरी बनाउन सकिन्छ भन्ने बारेमा तपाई हामि सबै गम्भिर भएर अझ परिस्कृत गरेर अघि बढ्न जरुरी छ।’

प्रदेशबाट प्राविधिक जनशक्ति उत्पादन गर्ने संकल्पसहित विश्व विद्यालय स्थापना गरेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले शैक्षिक संस्थाहरुको अध्ययन केन्द्रको रुपमा समेत विकाश गर्ने लक्ष्य रहेको बताए।‘विद्यार्थीलाई आकर्षण गर्न सक्नुपर्छ। आवश्यकताको आधारमा संकायहरु थप गर्ने बारेमा पनि सोच्न जरुरी छ’उनले भने,‘विद्यार्थीलाई कामसंग जोड्नै पर्छ। सरकारले यसमा ध्यान दिन्छ।’

विश्वविद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अनुसन्धान र नवप्रवर्तन क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको समेत जानकारी गराए। विश्व विद्यालयको सिनेट बैठकमा २०८०/८१ को बार्षिक प्रगतिको समीक्षा, चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम लगायत विविध बिषयमा छलफल भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?